सोमबार सम्मका लागि संसद् बैठक स्थगन-Sutra News

सोमबार सम्मका लागि संसद् बैठक स्थगन

आइतबार, २४ असार २०८०

आइतबार, २४ असार २०८०
फाइल तस्बिर

आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सोमबारका लागि सारिएको छ ।



आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सोमबार अपराह्न ३ बजे बस्नेगरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचना टाँसेर आइतबारको बैठक स्थगित गरिएको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक दुई घण्टा पछि सारेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका थिए ।

तर, महासचिव डा गौतमले टाँसेको सूचनामा भने सोमबार अपराह्न ३ बजे बस्नेगरी आइतबारको बैठक सारिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट