कर्मचारीलाई हातपात गरेको आरोपमा पूर्वसांसद र वडाध्यक्ष पक्राउ-Sutra News

कर्मचारीलाई हातपात गरेको आरोपमा पूर्वसांसद र वडाध्यक्ष पक्राउ

आइतबार, २४ असार २०८०

आइतबार, २४ असार २०८०

पूर्वाधार विकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ईन्जिनियर दत्त बुढाथापा कार्यालयमै कुटिएका छन् ।



नेकपा एमालेका नेता कर्णाली प्रदेशसभाका तत्कालीन प्रदेश सभा सदस्य तथा विधायन समितिका सभापतिसमेत रहेका दानसिहं परियार र छायाँनाथ रारा नगरपालिका-६ का वडाध्यक्ष खेमबहादुर रावलले पूर्वाधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ईन्जिनियर बुढाथापामाथि शनिबार हातपात गरेका हुन् ।

चालु आर्थिक वर्ष २०७९/८० को प्रदेश सांसद विकास कोषमार्फत सञ्चालित खर्कदारदेखि रिगामाडु र माथि बालै हुँदै माथतल्लासम्मका दुई योजनाको लागत स्टेमेटअनुसारको काम नभएको र रकम भुक्तानी पूरा दिन दबाव दिँदा आफूले अस्वीकार गरेपछि कार्यालयभित्र हातपात गरेको र कार्यालय तोडफोड गरेको प्रमुख बुढथापाको भनाइ छ ।

४० लाखको योजनाको १० लाख बराबरको काम भएको र ५० लाखको योजनाको ३० लाख बराबरको काम भएको छ । त्यसैअनुरुप भुक्तानी लिन आग्रह गर्दा उनीहरुले हातपात गरेको उनले बताए ।

यसै बीच हातपातपछि पूर्वसासंद परियार र वडाध्यक्ष रावललाई प्रहरीले शनिबार नै नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट