शेयर बजार दोहोरो अङ्कले बढ्यो-Sutra News

शेयर बजार दोहोरो अङ्कले बढ्यो

आइतबार, २४ असार २०८०

आइतबार, २४ असार २०८०
nepse

साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले उकालो लागेको छ । शेयर बजारमापक नेप्से परिसूचक आइतबार २८.३८ अङ्कले बढेर २०७७.७६ विन्दुमा पुगेको छ ।



आज २८७ वटा कम्पनीको ८३ लाख ५२ हजार कित्ता शेयर तीन अर्ब चार करोड २५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको १८ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज दुई कप्पनीको शेयर सर्किट लेभलमा बढेको छ । रावा इनर्जी कम्पनीको शेयर १० प्रतिशत तथा सिटी होटलको शेयर साढे नौ प्रतिशतले बढेको हो । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको शेयर साढे छ प्रतिशत र बीपीडब्ल्यू लघुवित्तको शेयर साढे चार प्रतिशतले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट