आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि सञ्चार सचिव राउतलाई पक्राउ गरिएको जनाएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले नक्कली मोहीलाई ललिता निवासको जग्गा दिने निर्णयको टिप्पणी उठाएका थिए ।
राउतविरूद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो । उनी २०७८ पुस २१ मा सचिव भएका थिए।