नाबालिका गायिका बलात्कार प्रकरणमा झण्डै डेढ वर्ष जेलमा बिताएर सफाइ पाउँदै रिहा भएका पल शाह यतिबेला आफ्नो पुरानो व्यस्तता फर्काउने प्रयासमा छन्।
जेललाई विश्वविधालय भनेका पलले अहिले सम्म जेलमा रहँदाको आफ्नो अनुभवका बारेमा सार्वजनिक रिपमा खुलेका थिएनन्। तर हालै एक टेलिभिजन कार्यक्रमलाई दिएको अन्तरवार्ता उनले आफ्नो जेलअनुभवका बारेमा केही खुलासा गरेका छन्।
पलका अनुसार सुरुमा समाचार आउँदा र जेल जानुपर्ने अदालतको फैसला सुन्दा उनलाई पहाड खसेको महशुस भएको थियो। झन सुरुसुरुको हिरासत बसाइमा उनले १० जना अट्ने कोठामा १५ देखि २० जना सम्म कोचिएर बस्नुपर्यो।
हिरासत बसाइका क्रममा उनले त्यो कोठामा २० होइन उस्तै परेको अवस्थामा ४० जनासम्म राखिने कुरा सुने। यो सुनेका उनले कार्यक्रमबाटै नेपाल सरकारलाई सोबारेमा उचित व्यवस्ता मिलाउन अनुरोध गरे,
सुरुमा अनुसन्धानको लागि २५ दिन हिरासतमा रहँदा उनलाई निस्किन्छु जस्तो लागेको थियो ।
भन्छन्- त्यो २५ दिन काट्न मलाई निकै गाह्रो भयो । सुरुको ३ दिन सम्म त रिङ्गगाटा लागेर टाउको दुखेर कहाँ लड्छु जस्तो भयो । अरु टेन्सन भन्दा पनि त्यहाँको दुगर्धले नै म पागल जस्तो भएको थिएं’, उनले आफ्नो हिरासत बसाइ सम्झदैं भने, ‘अनि त्यहाँ छेउको भाईले पल दाई तपाईँ आउने भनेर हामिले सफा गरेको भने। अनि मैले सोच्थे सफा हुँदा नै यस्तो भए झन् फोहोर हुँदा कस्तो होला?’
अदालतले पुर्पक्षका लागि जेल पठाइएका पल जेलको बि ब्लकमा राखिए।
‘जब कारागार चलान भयो मलाई वि वल्कमा लानु भयो र त्यहाँ जान नै लगभग पाँच सात वटा चेन गेट हरु पार गर्नपर्ने रहेछ । त्यसपछि १५, २० फिटको ठूलो पर्खाल आउँछ अनि त्यसमा पस्ने वेला चाँहि मलाई अब लाईफ नै सकियो भन्ने महसुस भयो’, उनले जेल अनुभव सम्झदैं भने, ‘अझ त्यहाँ सुत्नको लागि २२ इन्चको खाट देखेर त मैले लाइफ सकिएको महशुस गरें, उनले भने।
पछि सबैकुरा सहेर जेल जीवन बस्दै जाँदा उनले त्यहाँ कैद जीवन बिताइरहेका १६० जनालाई सोधे- तपाईँ कसरी आउनु भयो?
कार्यक्रममा उनले जेलमा रहँदा दर्शकलाई सबैभन्दा धेरै सम्झिएको र कतिपटक ‘बरु हातमा हत्कडी नै लाईदिनु तर मलाई एक चोटी मेरो अडियन्स सामु पुराइदिनु सम्म भन्न चाहेको कुरा कार्यक्रममा भनेका छन्।
जेलमा धेरै कुरा देख्न, बुझ्न र सिक्न पाएको पनि भनाइ पनि उनले राखेका छन्। सबैभन्दा ठूलो कुरा उनले जेलमा सिस्टम, डिसिपिलेन अनि समयको पालन गर्न सिकेको उनको भनाइ थियो।