पलको अन्तर्वाता लिएपछि सन्दिप र कान्तिपुर टिभीको आलोचना, संचालकले भने- बुझेर आवश्यक कारवाही गर्छु-Sutra News

पलको अन्तर्वाता लिएपछि सन्दिप र कान्तिपुर टिभीको आलोचना, संचालकले भने- बुझेर आवश्यक कारवाही गर्छु

सोमबार, २५ असार २०८०

सोमबार, २५ असार २०८०

नाबालिका गायिका बलात्कार प्रकरणमा झण्डै डेढ वर्ष जेलमा बिताएर सफाइ पाउँदै रिहा भएका पल शाहलाई कार्यक्रममा बोलाएको कलाकार तथा कार्यक्रम प्रस्तोता सन्दिप क्षेत्रीको सामाजिक संजालमा व्यापक आलोचना भएको छ।



व्यापक आलोचना भएपछि कान्तिपुर टेलिभिजनका संचालक कैलाश सिरोहियाले सो सम्बन्धमा सत्य त् बुझेर आवश्यक कदम चाल्ने प्रतिबद्धता गरेका छन्।

सन्दिपले कान्तिपुरको चर्चित टेलिभिजन कार्यक्रम ‘ ह्वाट द फ्लप’मा पलले आफ्नो जेलजीवनका कुरा सुनाउने क्रममा ती कुराहरुमा अट्टाहास गरेको र उनको यो हर्कतले सो मुद्दाकी पीडित मानमर्दन भएको सामाजिक संजाल प्रयोगकर्ताहरुले गरेका छन्।

उनीहरुले बलात्कारजस्तो जघन्य अपराधलाई राष्ट्रिय टेलिभिजनमा हाँसोठट्टा र मजाक विषय बनाइएको भन्दै आपत्ति प्रकट गरेका छन्।

महिला सवालमा निरन्तर खबरदारी गर्दै आएकी पत्रकारिता पृष्ठभूमिकी अमृता लम्सालले ट्वीटरमा ‘पल शाह र सन्दीपको घिनलाग्दो दृश्य नाबालिग बलात्कार घटनामा मजाक, भनेर लेखेकी छिन् ।

त्यस्तै, दिनेश काजीले लेख्छन्, ‘एउटा छोरीको बाउ सन्दीप क्षेत्री कसरी यस्तो निर्लज्ज, पतित हुन सक्छ ?….को पीडामा उसको छोरीको अनुहार याद आएन छ र? अझ अट्टहास पो गर्दैछ ।

त्यस्तै, हिम विष्ट लेख्छिन्, ‘सन्दीप क्षेत्री न हिजो सुध्रियो न आज । भोलि पनि यसरी नै गम्भीर विषयलाई उनले हँसिमजाक मै उडानेछन् । अझ कतिले त सुध्रिन पर्ने त उनी जस्ता असंवेदनशील पात्रहरूलाई ‘लाइमलाइट’ दिने संस्थाहरू हो।’

यसरी सर्वत्र आलोचना भएपछि कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले ‘यो घटनालाई गम्भीर रूपमा लिएको र आवश्यक कारबाही गरिने बताएका छन्।

जेलबाट सफाइ पाएर रिहा भएपनि पलका दिनहरु पहिलेझैं सहज छैनन र उनको व्यस्तता पनि पहिले जस्तो छैन्। यस्तामा उनले पछिल्लो समय सार्वजनिक कार्यक्रममा उपस्थित भएर छवि परिवर्तनको प्रयास गरिरहेका छन् जुन उनले चाहेजसरी सम्भव भएको छैन्।

यसका लागि उनले निकटवर्तीहरुको सहयोग लिन प्रयास गरेका छन्।, ‘ह्वाट द फ्लप’मा उनको अतिथिका रुपमा भएको सहभागिता पनि व्यक्तिगत सम्बन्ध हो। सन्दिप र पल एक समय तराई टेलिभिजनमा (हाल संचालनमा नरहेको) एकसाथ काम गर्थे। उनले त्यही पुरानो संघर्षकालिन समयको सम्बन्धलाई बाटो बनाउँदै सन्दिपको कार्यक्रममा आफूलाई प्रस्तुत गर्न सफल भएका हुन्।

यसअघि पनि एक कार्यक्रममा अकस्मात पुगेर सम्मानकर्ता बनेपछि एक फोटो पत्रकारले उनको हातबाट सम्मान ग्रहण नगर्ने भन्दै नाम बोलाइदांसमेत स्टेज उक्लिएनन्।

सो कार्यक्रममा स्वयं नेतृत्वलाई खबर नगरी कार्यसमितिका एक सदस्यले आफूखुशी उनलाई निम्ता गरेका थिए।

kailash-sirohia

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट