घुस लिँदालिदैँ प्रधानाध्यापक र विव्यस अध्यक्ष पक्राउ-Sutra News

घुस लिँदालिदैँ प्रधानाध्यापक र विव्यस अध्यक्ष पक्राउ

मंगलबार, २६ असार २०८०

मंगलबार, २६ असार २०८०

शिक्षक छनोट प्रक्रियामा सेवाग्राहीसँग घुस लिँदै गर्दा एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ परेका छन् ।



अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

कागेश्वरी मनहरा-१ गागलफेदीस्थित सिद्धिगणेश माविका प्रधानाध्यापक बुद्धिविलास रिजाल र व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापाले सेवाग्राहीसँग १६ हजार घुस लिँदै गर्दा गागलफेदी बसपार्कबाट उनीहरू अख्तियारको टोलीको नियन्त्रणमा परेका हुन् ।

अख्तियारका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट