अभिनेता पल शाहलाई अतिथि बनाएर आफ्नो ‘ह्वाट द फ्लप’ शोमा बलात्कारमाथि भद्दा मजाक गरेको भन्दै चर्चाको आलोचना भएपछि कान्तिपुरले उक्त कार्यक्रमलाई यूट्यूबबाट हटाएको छ।
महिला अधिकारकर्मी सामाजिक संजाल प्रयोगकर्ताहरुले चर्को आलोचना गरेपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले ट्विटरमार्फत सो गुनासोप्रति उचित कदम चाल्ने जवाफ दिएका थिए।
कान्तिपुरले सो भिडियो हटाए पनि यसका प्रस्तोता सन्दिप क्षेत्रीले भने यस बारेमा कुनै औपचारिक प्रतिक्रिया जनाएका छैनन्।
यध्यपी कार्यक्रममा अतिथि बनेका पलले भने आफ्नो बचाउ गर्दै अदालतको फैसला सम्झाउँदै आफूसँग कि निधारमा बलात्कारी लेखेर देश छाड्ने की आत्महत्या गर्ने अवस्था रहेको उल्लेख गर्दै स्टाटस लेखेका छन्।
कार्यक्रमका प्रस्तोता रहेका सन्दिपले सो कुराकानीको यूटियूब लिंक आफ्नो वालबाट हटाएका छैनन्। त्योसँगै करिब पाँच दिन अगाडि कार्यक्रममा आएका पलसँगको तस्बिर पनि उनको वालमा अझै देख्न सकिन्छ।
तर ती पोस्टहरुमा उनको कार्यक्रमका बारेमा धेरैजनाले नकारात्मक प्रतिक्रियाहरु दिएका छन्।
यो पनि पढ्नुहोस्