झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई धम्क्याउने एक युवक पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार ती युवकले ज्यान मार्ने धम्की दिँदै प्रसाईँसाग २० करोड मागेको आरोप छ ।
दुर्गा प्रसाईँको उजुरीका आधारमा पक्राउ गरिएका युवक रमेश गुरुङ हुन् । गुरुङलाई मङ्गलबार महाराजगञ्जबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता सञ्जयसिंह थापाले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
प्रसाईं पछिल्लो समय संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणालगायतका माग राख्दै ‘नागरिक बचाऊ महाअभियान’मा छन् ।
उनले बैंकको ऋणले व्यवसायीलाई थप मार परेको भन्दै नतिर्न आव्हान गर्दै विभिन्न ठाउँमा विरोधका कार्यक्रम पनि गरेका थिए ।