बैंकको कर्मचारी हुँ भन्दै अनलाइनबाट ठगी गर्ने पक्राउ-Sutra News

बैंकको कर्मचारी हुँ भन्दै अनलाइनबाट ठगी गर्ने पक्राउ

मंगलबार, २६ असार २०८०

मंगलबार, २६ असार २०८०

विभिन्न बैंकको कर्मचारी हुँ भन्दै अनलाइन मार्फत ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका-१ का २१ वर्षीय महमद जोजाहिद मिया रहेका छन्।



पीडितहरूसँग फोन सम्पर्क गरी विभिन्न बैंकको आधिकारिक कर्मचारी हुँ भन्दै बैक खातासँग वालेट आइडी लिंकअप गरी खाता नविकरण, केवाइसी फर्म अपडेट, सेक्यूर ट्रान्सफर चार्ज नलाग्ने, राम्रो बोनस प्राप्त हुने जस्ता कार्य गरिदिने भन्दै पीडितहरूकै बैक खाता लगायत ओटिपी कोड समेत मागी खातामा पहुँच पुर्‍याई उनले ठगी गर्ने गरेका थिए।

अन्यत्र बैंक खाता तथा वालेटहरूमा ११ लाख १२ हजार ८४० रुपैयाँ रकम रकमान्तर गरी ठगी गर्ने कार्यमा संलग्न रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट