प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । अस्पतालका अनुसार आज बिहान ८:३३ बजे उनको निधन भएको हो ।
उनी जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित थिइन् ।