अब नेपालमै पाइन्छ ‘आर फर र्याबिट’का सामानहरु, सुरु भयो बिक्री-Sutra News

अब नेपालमै पाइन्छ ‘आर फर र्याबिट’का सामानहरु, सुरु भयो बिक्री

बुधबार, २७ असार २०८०

बुधबार, २७ असार २०८०

नेपाली बजारमा बच्चाहरुको हेरचाहका लागि प्रयोग हुने सामान उत्पादन गर्ने ‘आर फर र्याबिट’ नामक कम्पनीका विभिन्न सामानहरु सार्वजनिक भएका छन्।



यी सामानहरुलाई आइएमएस ग्रुपले नेपाली बजारमा ल्याएको हो।

कम्पनी गत शनिबारबाट यसको बिक्री सुरु गरेको छ। शनिबार कम्पनीले वान दरबारमलमा रहेको आफ्नो स्टोरमा यीओ कम्पनीका सामानहरु सार्वजनिक गरेको हो।

पुर्व मिस नेपाल-२००९ जेनिशा मोक्तान र अभिनेत्री प्रियंका कार्कीले यी सामानहरुको सार्वजनिकीकरण कार्यक्रमको संयूक्तरुपमा उद्घाटन गरेका थिए। ब्राण्ड शुभारम्भको अवसरमा ग्राहकहरुले विभिन्न आकर्षक उपहारहरु प्राप्त गरेका थिए।

कम्पनीले सामान बिक्री सुरुवातको अवसर भनेर यसका सामानहरुको खरिदमा १५ प्रतिशतको छुटको घोषणा गरेको छ। यसका साथै ५ जना भाग्यशाली ग्राहकहरुले गिफ्ट ह्याम्पर जित्न सक्नेछन्।

कम्पनीले बच्चाहरुको हेरचाहका लागि पर्ने आवश्यक सामानहरुको सम्पूर्ण आवश्यकता पूरा गर्ने दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट