यहाँ यस्ता थुप्रै कलाकार छन् जसलाई म्यूजिक भिडियो या फिल्ममा सानो भूमिकामा खेल्न पाउन नि वर्षौँ लाग्छ अझ सफलता हाँसिल गर्न त धेरै नै । यस्तोमा कुसुम शर्मा भने भाग्यमानी कलाकार हुन्, जसले एउटै गीतबाट लोभलाग्दो चर्चा बटुलिन्।
प्रकाश सपुतको ‘सकम्वरी’ गीतबाट एकैपटक थुप्रै दर्शकहरुमाझ ‘फूलमाया’ पात्रका रुपमा परिचित भइन्।
यही गओतबाट कमाएको चर्चाले उनलाई सिनेमाको नायिका बन्ने अवसरसमेत जुटाइसकेको छ भने म्यूजिक भिडियो खेलाउन चाहनेहरुको ताँती लामै भएको छ।
अब शोबिज उद्योगमा जति धेरै नाम उत्ति धेरै आलोचनाको सामना गर्न तयार हुनुपर्ने अवस्थामा पनि एकसाथ आएको हुन्छ। यो मनोरञ्जन उद्योगको तीतो सत्य हो।
यसबाट यी फूलमाया पनि अछुतो रहन सकिनन्। हालै एक पहिरन लगाएको भिडयो टिकटामा सार्वजनिक भएपछि उनको आलोचना भएको छ।
उनले लगाएको सो पहिरन एकदमै बोल्ड छ। हल्का वैगुने रंगको गाउनमा उनको अंगप्रदर्शन राम्रैगरि खुलेको छ। यसमाथि सामाजिक संजालमा अनेक टिकाटिप्पणी भएको हो। जबकी ग्ल्यामरको दुनियाँमा यस्ता खाले पहिरन खासै नयाँ र नौलो भने होइन्।
त्यसमाथि पहिरनमा कसेलाई नैतिक पाठ पढाउनु उचित पनि होइन।
यस्तो पहिरनमा उनको भिडियो सार्वजनिक भएपछि ‘फूलमाया बन्न लायकै हो त? भनेर प्रश्न गरेका छन् भने कतिपयले यिनीपनि हिट भईन अब यिनलाई पनि सिनेमाको हावाले छोएछसमेत भन्न भ्याए।
यस्तै कतिले त यस्तो पहिरनले तिमिलाई सुहाँउदैन नानी अर्को पहिरन लगाउ भनेर समेत भनेका छन् । र कतिले त नेपाली कलाकार यसो हिट हुन पाएको छैन शरिर देखाउन थालि हाल्छन् भनेर समेत भनेका छन्।
यस्ता यस्ता टिप्पणी भएपछि कुसुमले मयसका बारेमा सो भिडियो पोस्ट गर्ने टिकटक एकाउन्लाई आफूले भिडियो हटाउन गरेको आग्रह किन नमानेर राखिराखेको भनेर प्रश्न गरेकी छन्। उनले त्यहाँ आफ्नो अनुमति बिना भिडियो राखेकोमा पनि आपत्ति प्रकट गरेकी छन्।
यसैगरी उनले सो पहिरन आफूले ट्रायलका रुपमा लगाएको भनेर आफ्नो बचाउ समेत गरेकी छन्।