सीताको त्यो सुझबुझ, जसले जनयुद्धकालमा प्रचण्ड पक्राउ परेका थिएनन् !-Sutra News

सीताको त्यो सुझबुझ, जसले जनयुद्धकालमा प्रचण्ड पक्राउ परेका थिएनन् !

बुधबार, २७ असार २०८०

बुधबार, २७ असार २०८०

प्रचण्डपत्त्री सीता दाहाल १० वर्षे जनयुद्ध ताका समन्वयकारी भूमिकाको रुपमा रहेकै कारण अधिकांश माओवादी कार्यकर्ताले उनलाई आमा भनेर सम्बोधन गर्थे । माओवादी पार्टीभित्र अध्यक्ष प्रचण्डको श्रीमतीभन्दा पनि अभिभावकीय



भूमिका निर्वाह गरी सङ्कटको समयमा पार्टीलाई फुटबाट जोगाएकी नेता तथा कार्यकर्ताहरू स्वीकार्छन् । माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा भन्छन् “हामी सबैको आमाका रुपमा उहाँले विशेष भूमिका निर्वाह गर्नुभएको थियो”

त्यतिमात्र होइन । उनले पटक-पटक प्रचण्डलाई मृत्यु तथा पक्राउ हुनबाटसमेत जोगाएकी प्रचण्डले एक पोडकाष्टमार्फत यसअघि सार्वजनिक गरेका छन् । जनयुद्धको समयमा भारतमा माओवादीका नेता तथा कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका थिए । नेताहरू मातृका यादव, सुरेश आलेमगर लगायतका नेता पक्राउ परेकै दिन अध्यक्ष प्रचण्डले उनीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो ।

नेपालमा माओवादी नेताका टाउको मूल्य तय भइसकेको थियो । त्यही बेला दिल्लीको मङ्गलपुरीमा अन्य नेताहरूसँग प्रचण्डको भेट तय भएको थियो । त्यही दिन प्रचण्ड बैठकमा लागि ङ्गलपुरी जान लागेका थिए । तर सीता दाहालले आज बाहिर नजानु मेरो मनले मानिरहेको छैन भनेकी थिइन् । सीताको आग्रह मानेका प्रचण्ड जोगिएका थिए । उक्त भेटघाटमा सहभागी भएका मातृका यादवलगायतका नेताहरू पक्राउ परेका थिए ।

खासगरी अप्ठ्यारो अवस्थामा नआत्तिन र खुसीमा नमात्तिन श्रीमान् प्रचण्डलाई सल्लाह दिने सल्लाहकारको भूमिकामा रहेका सीताले बनारसदेखि रोल्पाको थवाङसम्मको वस्तुस्थितिका बारेमा राम्रो ज्ञान थियो ।

सीता दाहालले पनि पार्टीको फुट जोगाउने आफ्नो भूमिकाबारे बोलेकी थिइन् । “देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनुपर्छ । मैले बाबुरामजी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु”, करिब एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा उनले भनेकी थिइन् ।

सीताले थपेकी थिइन्, “पार्टीभित्र अन्तरसङ्घर्ष चल्दा प्रचण्डजीलाई उचाल्ने मान्छे पनि थिए, बाबुरामजीलाई उचाल्ने मान्छे पनि थिए । मैले दुवै नेतालाई खराब मान्छेहरूबाट टाढा बस्न सुझाव दिन्थे ।”

पार्टीभित्र देखिएका विवाद समाधान गर्ने उनी दाहालले आज भौतिक संसार छाडेकी छन् । आज बिहान ८:३३ बजे उनले कहिल्यै नफर्किने गरी बिदा लिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट