बङ्गलादेशमा डेङ्गुबाट ८३ जनाको मृत्यु-Sutra News

बङ्गलादेशमा डेङ्गुबाट ८३ जनाको मृत्यु

बुधबार, २७ असार २०८०

बुधबार, २७ असार २०८०

बङ्गलादेशमा डेङ्गुबाट एकैदिन सात जनाको मृत्यु भएको छ । मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो ।



मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेङ्गुका नयाँ बिरामी दर्ता भएका तथा थप सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले बुधबार जनाएको छ । यो सङ्ख्या यस वर्षको जनवरी यता एकै दिनमा सबैभन्दा धेरै हो ।

हाल डेङ्गु सङ्क्रमितको सङ्ख्या १४ हजार ८९७ पुगेको तथा ८३ जनाले ज्यान गुमाएका महानिर्देशनालयले बताएको छ । यो वर्ष डेङ्गु सङ्क्रमितमध्ये ११ हजार ५११ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

यो महिनामा मात्रै थप छ हजार नौ सय १९ जना डेङ्गुका नयाँ सङ्क्रमित फेला परेका तथा ३६ जनाको मृत्यु भएको बताउँदै महानिर्देशनालयले पुगेको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न आवश्यक उपाय अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट