अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा आफू विरुद्ध १० करोड क्षतिपूर्तिको माग गर्दै गाली बेइज्जती मुद्दा जितेपछि अभिनेत्री साम्राज्ञी आरएल शाह भावुक बनेकी छन्। उनी जितेको खुशीमा भावुक बनेकी हुन्।
मुद्धा जितेपछि अभिनेत्री शाहले बुधबार साँझ इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै जितको खुसी व्यक्त गर्ने क्रममा भावविलह बनेकी उनले भिडियोसँगै क्याप्सनमा ‘हरेक नवोदित कलाकार र उदयीमान महिलाहरूको लागि, कसैलाई पनि आफ्नो आवाज बन्द गर्न नदिनुहोस् । आफ्नो सत्य बोल्नुस् र आफूले विश्वास गरेको कुरामा खडा हुनुहोस्’ लेखेकी छन्।
भिडियोमा भुवन केसीको नाम उच्चारण नगरी, ‘त्यो व्यक्तिले मलाई म शक्तिशाली छु, फिल्म क्षेत्रमा समर्थन छ भनेर देखाउनु थियो । र, मलाई १० करोडको मुद्धा हालेर फेरि बुलिङ गरियो । आफ्नो अनुभव बोल्न पनि नपाइने रैछ । यो निकै डरलाग्दो छ । जे भयो त्यसले अब त मलाई आश्चर्यचकित बनाउँदैन’, भनेकी छन्।
तीन वर्षअघि साम्राज्ञीले सामाजिक सञ्जालमा एक भिडियोमार्फत् फिल्म ‘ड्रिम्स’को सुटिङमा आफूमाथि लैंगिक भेदभाव भएको र त्यसपछि पनि जापानमा आयोजित अवार्ड कार्यक्रममा भुवन केसीले दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।
जवाफमा भुवनले फेसबुकमा साम्राज्ञीलाई ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ प्रतिक्रिया दिएका थिए।
तर बुधबार अदालतमा मुद्धा हालेको करिब तीन वर्षपछि न्यायाधीश वासुदेव पौडेलको एकल इजलासले जाहेरीकर्ता केसीको दाबी नपुग्ने भन्दै फैसला साम्राज्ञीको पक्षमा फैसला गर्यो। यध्यपी फैसलामा चित्त नबुझे भुवनलाई उच्च अदालत जाने बाटो भने खुल्ला छ।
भुवनले शाहविरुद्ध २०७७ साल साउन ९ गते मुद्दा हालेका थिए।
View this post on Instagram