बनेपामा फिल्म स्टुडियो बनाउन सरकारले दिने भयो वनको जग्गा-Sutra News

बनेपामा फिल्म स्टुडियो बनाउन सरकारले दिने भयो वनको जग्गा

बिहिबार, २८ असार २०८०

बिहिबार, २८ असार २०८०

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काभ्रेको बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माणका लागि साढे दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको छ ।



बनेपा नगरपालिकाको वडा नम्बर १० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक वनको जग्गालाई प्रयोग गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको हो ।

आर्थिक २०८०-०८१ को बजेटमा बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माण गर्ने योजना समावेश छ ।

No description available.

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट