स्वर सम्राट नारायण गोपालको स्वर र संगितमा तयार भएको कालजयी प्रेमिल गीत ‘केही मिठो बात गर’ बोलको कालजयी गीतको भिडियो आज विहिबार सार्वजनिक गरिएको छ ।
२०४४ सालमा रेकर्ड भएको यस गीतको भिडियोलाई आज एक कार्यक्रमकाबीच कार्यक्रमकाबीच विश्वज्योति हलमा रिलिज हरियो।
म्यूजिक नेपालको समेत सहयोग रहेको यस गीतलाई म्यूजिक नेपालकै यूटुव च्यानलबाट दर्शकले हेर्न सकिन्छ ।
ओर्जिनल रेकर्डिङमै प्रस्तुत गरिएको उक्त गितको भिडियोमा नायिका केकी अधिकारी र नव मोडल दिपक भट्टले अभिनय गरेका छन। गीतलाई कालिप्रसाद रिजालले लेखेका हुन्।
गीतको सार्वजनिक कार्यक्रममा भिडियोकी प्रमुख कलाकार र कार्यक्रमको मुख्य आकर्षण हुने ठानिएकी केकी भने उपस्थित भइनन्।
आयोजकहरुले कार्यक्रममा केकीको पनि उपस्थिति रहने भनेर निम्ता गरेका थिए। सुरुमा उनी आउन केही ढिला हुने भनेर कुराइयो भने पछि सुटिङ भएकाले आउन नसक्ने भन्दै आयोजकले केकी बिनै कार्यक्रम समापन गरे।
यदी यस्तो हो भने यो शैली ठीक होइन। कलाकारहरुले आउने भनेर अन्तिममा धोका दिनु भनेको एउटा त्रुटि नभइ लापरवाही हो। किनकी आयोजकले सबै कुरा तय गरेर नै कार्यक्रम गर्ने हुन्। यसमा पनि केकीको सहमति लिएरै आयोजकले कार्यक्रम राखेको हुनुपर्छ। त्यही भएर आजको कार्यक्रम ढिला गरी सुरु भयो।
कलाकारले यसरी लापरवाही गर्दा प्रोजेक्टमा लगानी गर्नेलाई घाटा पर्छ। यस्तो कुरामा कलाकारले आफ्नो व्यवसायिक धर्म निर्वाह गर्नुपर्छ तर पढेलेखेकी अभिनेत्रीमा पर्ने केकी आज किन त्यो धर्म निभाउन चुकिन्, यसको जवाफ केकी बाहेक अरु कसले दिन सक्ला र?