पप गायिका अभया सुब्बाको नेपाली संगीत क्षेत्रमा एउटा छुटै पहिचान छ । उनका हरेक गीत अलग र सफल छन् । उनले हरेक गीतमा केहि नयाँपन दिन खोजेकी हुन्छिन् ।
भोलि शुक्रबारबाट उनको ‘अर्को बाँसको घारी’ बोलको नयाँ गीत पनि सार्वजनिक हुँदैछ । यही गीतका बारेमा जानकारी दि उनले आज पत्रकार सम्मेलन आयोजना गरेकी थिइन्।
गीत विशेष गरि नारीलाई लक्षित गरिएको छ र नारीको पक्षमा गीत बनेको भएकाले भूवन केसी र साम्राज्ञी शाहको मुद्दामा साम्राज्ञीको पक्षमा फैसला आएकाले यसलाई कसरी लिनुहुन्छ भनेर गरेको प्रश्नमा भने अभया पन्छिन्।
उनले प्रश्नलाई पन्छाउँदै ‘यी बाहिरको कुरा नगरौँ गीतकै कुरा गरौँ’ भनेर प्रश्नलाई बाइपास गरिन्।
नारीका सवालमा सामाजिक संजालमा दरो अभिव्यक्ति दिने अभयाले आफ्नै मञ्चमा किन बोल्न आवश्यक ठानिनन् त?
उनले आफ्नो रिलिज हुने नयाँ गीत छायाँमा पर्ला वा विवादित पर्ला भनेर त पक्के यसो गरेकी होइनन् होला। यध्यपी अभयामात्र होइन अरु सेलिब्रेटी पनि सकभर मिडियामा विवादित हुनसक्ने यस्ता कुराबाट पन्छिने गरेका छन्। यस्तो अभयाको यो शैली नौलो होइन।