आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका अभिनेता सारुक ताम्राकारको आत्महत्या गरेको सातादिनपछि उनको आत्महत्या केकेति कारणले भएको हो भन्दे घटनामाथि छानविनको माग सुरु भएको छ।
अभिनेत्री श्रृष्टि श्रेष्ठले इन्स्टामा सारुकले न्याय पाउनुपर्छ भन्दै मंगलबार आफ्नो इन्स्टामा फोटो पोस्ट गरेकी थिइन्। उनको मागमाथि अर्की अभिनेत्री मलिना जोशीले पनि समर्थन जनाउँदै छानविनको माग गरेकी छन्।
मंगलबार अभिनेत्री सृष्टि श्रेष्ठले इन्स्टाग्राममा सारुकको एउटा तस्विर पोस्ट गर्दै ‘सत्य र न्यायको जित हुन्छ’ भनेर लेखेकी थिइन् ।
मलिनाले बिहीबार इन्स्टा स्टोरीमामा एक नोट लेख्दै अभिनेत्री मलिना जोशीले सारुकको आत्महत्या प्रकरणको उचित छानबिनको माग गरेकी हुन् ।
‘उसलाई के हुन सक्थ्यो र? के कारणले ऊ यो निर्णय लिन बाध्य भयो ? उसको अन्तिम दिनमा ऊसँग को-को थिए ? के भएको थियो अन्तिम कुराकानीमा ? उसको अन्तिम कल कोसँग थियो ?’, सारुकको आत्महत्यामाथि आधा दर्जन बढी प्रश्न गर्दै उनले लेखेकी छन्।
सारुकले आफ्ना नजिकका महिला साथीहरूसँगको सम्बन्ध किन तोड्यो ? के ऊमाथि नराम्रो व्यवहार भएको थियो ? के ऊमाथि दुर्व्यवहार भएको थियो ? के उसलाई अपमानित गरिएको थियो ? भन्दै उनले प्रश्न गरेकी छन् । उनले उचित छानबिनको माग गर्दै भएको के हो त्यो सबैले जान्न पाउनुपर्ने उल्लेख गरेकी छन् ।
उनको पोस्ट अभिनेत्री स्वस्तिमा खड्काले पनि सेयर गरेकी छन् । श्रृष्टि श्रेष्ठको पोस्टमा पनि थुप्रै अभिनेत्रीहरुले लाइक गर्दै समर्थन गरेका छन्।
अहिले फेसबुकका ग्रुप तथा अन्य सामाजिक संजालहरुमा सारुकको आत्महत्याका कारण खोजिनुपर्ने माग उठेको छ भने धेरैले सारुककी एक महिला सहकलाकारमाथि प्रश्नसहित शंका व्यक्त गरेका छन्।
प्रहरीले हाल घटना अध्ययन गरिरहेको बताइन्छ। सारुकका परिवारबाट कसैका विरुद्ध दुरुत्सहानको उजुरी नदिएकाले प्रहरी अहिले पर्ख र हेरको अवस्थामा छ।