सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रूपमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसहितका विषयमा सदनलाई जानकारी गराउन सरकारको नाम रुलिङ जारी गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले लगातार लम्पी स्किनबारे सरकारको ध्यानाकर्षण गराउँदै सदनलाई जानकारी गराउन माग गर्दै आएका थिए ।
शुक्रबार पनि लम्पी स्किनबारे सांसदहरूले कुरा उठाएपछि सभामुख घिमिरेले लम्पी स्किन रोगको नियन्त्रणको तयारीसहितका विषयमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई रुलिङ गरेका हुन् ।