प्राविधिक समस्यापछि चन्द्रगढी उडेको बुद्ध एयरको जहाज काठमाडौंनै पर्काइयो-Sutra News

प्राविधिक समस्यापछि चन्द्रगढी उडेको बुद्ध एयरको जहाज काठमाडौंनै पर्काइयो

शुक्रबार, २९ असार २०८०

शुक्रबार, २९ असार २०८०

झापाको चन्द्रगढी उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ ।



शुक्रबार ६६ जना यात्रु लिएर भद्रपुरका लागि १:५३ मा उडेको जहाज १५ माइल (२४ किलोमिटर) उडेपछि इन्डिकेशनमा समस्या देखिएपछि २:१० बजे पुनः काठमाडौं पर्काइएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको हो ।

काठमाडौंबाट उडेको केही समयमै इण्डिकेशन समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट