टिकटक बनाउने २०८ प्रहरीलाई कारबाही-Sutra News

टिकटक बनाउने २०८ प्रहरीलाई कारबाही

शुक्रबार, २९ असार २०८०

शुक्रबार, २९ असार २०८०

प्रहरीको पोसाकमा टिकटक भिडियो बनाउने २०८ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालयले उनीहरूलाई कारबाही गरेको हो ।



प्रहरी प्रधान कार्यालयले २०७७ सालदेखि चालु आर्थिक वर्षको असार २२ गतेसम्म बर्दी लगाएर भिडिओ बनाउने र सामाजिक सञ्जालमा राख्ने २०८ प्रहरीलाई कारबाही गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतका अनुसार २०७७/७८ मा ८२, २०७८/७९ मा ३० र २०७९/८० मा ९६ गरी २०८ जना प्रहरीलाई कारबाही गरिएको हो ।

प्रहरीका अनुसार उनीहरूको गतिविधीअनुसार पहिलो पटक बनाउनेलाई चेतावनी, दोस्रो पटक बनाउनेलाई एक दिनको तलब कटौतीसम्म गरिएको छ भने । निरन्तर नटेर्ने कर्मचारीलाई बढुवा तथा ग्रेड रोक्कासम्मको कारबाही गरिएको छ ।

प्रहरी नायब महानिरीक्षक कडायतले भने “हाम्रो यहाँ मनिटरिङ एजेन्सी छ त्यसबाट पनि मनिटर गर्छौं । त्यसपछि सम्बन्धित कार्यालयलाई पत्राचार गरी कारबाही गर्न निर्देशन दिन्छौं ।”

२०७७ असोज २२ गते प्रहरी प्रधान कार्यालयले अनुमति नलिई भिडिओ, चलचित्र, टेलिचलचित्र, टिकटक भिडिओ बनाएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको थियो । त्यही अन्तर्गत अनुशासन पालना नगर्ने प्रहरीलाई कारबाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट