नेकपा एमालेका सांसद रघुजी पन्तले एमालेलाई दोष दिएर मिटरब्याजसम्बन्धी विधेयक संसदमा नल्याएकोप्रति असन्तुष्ट व्यक्त गरेका छन् ।
सत्तापक्षले प्रमुख प्रतिपक्षी दलका कारण विधेयक पास भएन भनेर भ्रम फेलाउँदै हिँडेको तर सदन निर्वाध चल्दा विधेयक कार्यसूचीमा नराखिएको भन्दै पन्तले आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गरेका हुन् ।
‘एमालेको अवरोधका कारण विधेयक पास भएन भन्दै हिँड्नुभएको थियो । आज हामीले हाउस रोकेका छैनौं, तर विधेयक छैन,’ सांसद पन्तले भने। ‘विधेयक आफू नल्याउने, अनि दोष प्रतिपक्षको थाप्लामा हाल्ने?,’ उनले संसदमा प्रश्न गरे ।