लमजुङको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ । नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ ।
अगामी आर्थिक बर्ष २०८०/०८१ बट नगरपालिकाभित्र रहेका हल गोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने र प्रोत्साहन भक्त वितरण गर्ने नगरपालिका प्रमुख गमानसिंह अर्यालले बताए ।
गाउँका खेतबारी विभिन्न अन्नबालीले हराबरा बनाउनका लागि नगरपालिकाले गोरु पाल्ने कृषककालाई भत्तको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।
अहिले गाउँघरमा गोरुपालन हराउँदै गएको अवस्थामा गोरु संरक्षण र खेत बाझिँना नदिनका लागि गोरुपालनमा भत्ताको कार्यक्रम ल्याइएको हो । गोरु पाल्दा सामन्य परिवारलाई मिल्छ ।