नेकपा एमालेले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी गुरू बराललाई दिएको छ ।
शनिबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले बराललाई बागमती प्रदेश इन्चार्ज तोकेको हो।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि कम्बोडिया जाने भएका छन् । साउन २ गते देखि ६ गतेसम्मको भ्रमण गर्न लागेका हुन्।
निर्वाचन पर्यवेक्षणसम्बन्धी कार्यक्रममा सहभागी हुन उनी त्यहाँ जान लागेका हुन् ।