बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु-Sutra News

बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु

शनिबार, ३० असार २०८०

शनिबार, ३० असार २०८०

भारतको पूर्वीराज्य बिहारमा चट्याङ लागेर कम्तीमा २२ जनाको मृत्यु भएको सरकारी टेलिभिजन अल इन्डिया रेडियोले शनिबार जनाएको छ ।



चट्याङसहित परेको भारी वर्षाका कारण शुक्रबार राज्यका केही भाग प्रभावित भएका छन् ।

भारतीय मौसम विज्ञान विभागले आगामी दिनमा बिहारको पूर्वी भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । वर्षाको समयमा घरबाहिर ननिस्कन पनि सचेत गराइएको छ ।

सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले प्रशारण गरेका समाचारअनुसार सन् २०२२ मा भारतमा चट्याङ लागेर ९०७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट