इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल पठाएको छ ।
हरेक आईओसीले प्रत्येक १ र १६ सा तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाउने गरेको छ ।
नयाँ पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसा घटेर आएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ ४७ पैसा बढेर आएको छ ।