अमेरिकामा अन्धाधुन्ध गोली चल्दा चार जनाको ज्यान गयो-Sutra News

अमेरिकामा अन्धाधुन्ध गोली चल्दा चार जनाको ज्यान गयो

आइतबार, ३१ असार २०८०

आइतबार, ३१ असार २०८०

अमेरिकाको जर्जिया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।



जर्जियाको राजधानी एट्लान्टाबाट ४५ किलोमिटर टाढा दक्षिणपश्चिमी हेनरी काउन्टीको ह्याम्पटनको डगवुड लेक्स क्षेत्रमा गोली हानाहानमा तीन जना पुरुष र एक महिलाको हत्या भएको हो ।

४१ वर्षीय आक्रमणकारी आन्द्रे लङ्मोरको खोजी भइरहेको प्रहरीले जनाएको छ । निजका बारेमा जानकारी भएमा प्रहरीलाई सम्पर्क गर्न सर्वसाधारणमा अनुरोध गरिएको छ । प्रहरीले सामाजिक सञ्जालमा जारी गरेको सूचनामा निजको नजिक जानुको सट्टा प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।

यो वर्ष अमेरिकामा बन्दुक हिंसाका ३८२ घटना भएका गैरनाफामुखी समूह ‘गन भइलेन्स’ले आफ्नो पछिल्लो प्रकाशनमा उल्लेख गरेको छ ।

यसैबीच, अमेरिकी समाचार संस्था एपीले बन्दुक हिंसाबारे प्रकाशन गरेकोा एक समाचारमा यो वर्ष बितेका छ महिनामा भएका आम नरसंहारका २८ वटा घटनामा १४० जनाले ज्यान गुमाएका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट