घोराही सिमेन्टको आइपीओ बाँडफाँड : भर्ने सबैलाई पर्‍यो सेयर-Sutra News

घोराही सिमेन्टको आइपीओ बाँडफाँड : भर्ने सबैलाई पर्‍यो सेयर

आइतबार, ३१ असार २०८०

आइतबार, ३१ असार २०८०

घोराही सिमेन्टको आइपीओ असार ३१ गते आइतबार बाँडफाँड भएको छ ।



यसमा रितपूर्वक आवेदन दिएका सबै ५ लाख ५७ हजार ७०१ जना लगानीकर्ताहरूले सेयर हात पारेका छन् । यसमध्ये १० कित्तादेखि ७० कित्तासम्म आवेदन दिएका ५ लाख ५३ हजार ४४ जनालाई मागअनुसार सेयर बाँडफाँड गरिएको छ ।
यसैगरी, ८० कित्तादेखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६५७ जनालाई ७० कित्ताका दरले सेयर पाएका छन् । यसरी बाँडफाँड गरी बाँकी रहेको ६ हजार ९१० कित्ता सेयर गोलाप्रथामार्फत बाँडफाँड गरिएको छ । जसअनुसार ८० कित्तामाथि आवेदन दिएका ४ हजार ६५७ जना मध्येबाट ६९१ जनालाई १० कित्ताका दरले थप सेयर दिइएको छ ।
उनीहरूको भागमा ८० कित्तासम्म सेयर परेको हो । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ जारी गरेको थियो ।

फर्जी आवेदनका कारण असार ४ गतेदेखि रोकिएको आवेदन असार २२ गतेदेखि पुनः खुला भएर असार २५ गते बिक्री बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट