असुरक्षित गर्भपतनका कारण ज्यान गुमाउनेको संख्या अत्यधिक-Sutra News

असुरक्षित गर्भपतनका कारण ज्यान गुमाउनेको संख्या अत्यधिक

आइतबार, ३१ असार २०८०

आइतबार, ३१ असार २०८०

असुरक्षित गर्भपतनका कारण ज्यान गुमाउने महिलाको संख्या लुम्बिनी प्रदेशमा अत्यधिक देखिएको छ । असुरक्षित गर्भपतनका कारण नेपालमा एक लाखमा १५१ जना महिलाले ज्यान गुमाएका छन् भने लुम्बिनी प्रदेशमा मात्रै एक लाखमा २०७ जनाले ज्यान गुमाएको नेपाल डेमोग्राफी हेल्थ सर्भेको तथ्यांक छ ।



सोसाइटी अफ हेल्थ केयर जर्नालिस्ट र हेल्थ टुडे मिडियाले बुटवलमा आयोजना गरेको असुरक्षित गर्भपतन र सुधारमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल डेमोग्राफी हेल्थ सर्भेको तथ्यांक प्रस्तुत गर्दै जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका सूचना अधिकारी भेषराज शर्माले गर्भपतन गराउनेको संख्या पनि लुम्बिनी प्रदेशमा बढी रहेको जानकारी गराए ।

आर्थिक वर्ष २०७९/८० मा नेपालमा भएको कुल गर्भपतनमध्ये २० प्रतिशत लुम्बिनी प्रदेशमा भएको छ । त्यसमा पनि २० वर्ष मुनिका महिलाको संख्या ६ प्रतिशत छ । यो संख्या अघिल्लो वर्ष २५ प्रतिशत थियो। सुरक्षित मातृत्वका लागि सरकारले प्रयास गरे पनि यो तथ्यांकले मृत्युको संख्या न्यूनीकरण गर्न चुनौती रहेको सूचना अधिकारी शर्मा बताउछन् ।

सोसाइटी अफ हेल्थ केयर जर्नालिस्टका महासचिव तथा हेल्थ टुडेका सम्पादक पदमराज जोशीले नेपालमा कुल गर्भवती महिलामध्ये २० प्रतिशतले गर्भपतन गराउने र ९ प्रतिशत आफैँ (मिस क्यारियज) हुने तथ्यांक प्रस्तुत गरे । त्यसमा पनि ३५ देखि ४४ वर्ष उमेरका महिलाको संख्या धेरै छ। यसैगरी दुई/तीन वटा सन्तान जन्मेपछि गर्भपतन गराउनेको संख्या पनि धेरै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट