कञ्चनपुरमा एकै वर्षभित्र १५४ वटा लागुऔषधसम्बन्धी मुद्दा-Sutra News

कञ्चनपुरमा एकै वर्षभित्र १५४ वटा लागुऔषधसम्बन्धी मुद्दा

आइतबार, ३१ असार २०८०

आइतबार, ३१ असार २०८०
court

कञ्चनपुरमा लागु औषधसम्बन्धी मुद्दा चारवर्ष यताकै बढी रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष २०७९/८० को वार्षिक गतिविधि सार्वजनिक गरेको हो ।



प्रहरीले सार्वजनिक गरेको विवरणमा सबैभन्दा बढी लागूऔषधसम्बन्धी १५४ मुद्दा दर्ता भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले लागुऔषध मुद्दामा १४ भारतीय नागरिकसहित २८२ जना पक्राउ परेको जानकारी दिए ।

चालु आर्थिक वर्षमा कञ्चनपुर प्रहरीले २६ किलोग्राम भन्दा बढी चरेश, ५४७.७९ ग्राम खैरोहिरोइन, ३६ ट्याबलेट नाइट्राभेटलगायत लागुऔषध बरामद गरेको छ । त्यसैगरी चालु आर्थिक वर्षमा प्रहरीले विभिन्न बेवारिसे सामान बरामद गरी रु दुई करोड २१ लाख ३४ हजार बराबरको सामग्री भन्सार चलान गरेको छ । गत वर्ष यहाँ एक करोड १७ लाख ५४ हजारको बेवारिसे सामग्री भन्सार पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै चालु आर्थिक वर्षमा यहाँ ७२ फरार अभियुक्त पक्राउ परेका छन् । वर्षभरिमा कूल ९७५ मुद्दा दर्ता भएकामा छ सय ६७ मुद्दा फछर्यौट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट