विकास निर्माणमा राजनीतिक दलबीच सहकार्य आवश्यक : उपप्रधानमन्त्री खड्का-Sutra News

विकास निर्माणमा राजनीतिक दलबीच सहकार्य आवश्यक : उपप्रधानमन्त्री खड्का

आइतबार, ३१ असार २०८०

आइतबार, ३१ असार २०८०

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विकास निर्माणका काममा राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताएका छन् । उनले राजनीति गर्नेहरूमा जनता, मतदाता र भावी पुस्तासँग डर हुनुपर्ने बताए।



‘चुनावका बेला हामीले मतदातासँग र आम जनतासँग विभिन्न प्रतिबद्धता जनाएका हुन्छौं, ती प्रतिबद्धता पूरा गर्नु राजनीति गर्नेहरूको प्रतिबद्धता हो,’ आइतबार सुर्खेत क्षेत्र नम्बर १ मा भएका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपप्रधानमन्त्री खड्काले भने, ‘विकास–निर्माण जनताको नासो र सम्पत्ति हो, यी कामहरू गर्दा राजनीतिक दलहरू र राजनीतिकर्मीबीच सहकार्य र समन्वय हुन आवश्यक छ।’

भेरीगंगा नगरपालिका–८ मा लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले भूमि आयोगमार्फत जग्गाधनी प्रमाण पुर्जा वितरणको काम भइरहेको बताए। ‘सरकारको लक्ष्य कोही पनि नागरिक भूमि विहीन भएर बस्नु नपरोस् भन्ने छ,’ उनले भने, ‘आयोगमार्फत जतिसक्दो चाँडो लालपुर्जा वितरणको काम सम्पन्न गर्ने गरेर तीन तहकै सरकार लागिरहेका छौं।’

उपप्रधानमन्त्री खड्काले विगतमा विभिन्न आयोगहरूले काम गरेर पनि जग्गाधनीले लालपुर्जा नपाएका, स्रेस्ता कायम हुन नपाएका, अधुरा कामहरू पूरा गरेर सुर्खेतमा पहिलो चरणमा लालपुर्जा वितरणको काम भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट