नाइट क्लब एलओडीका दुईजना कर्मचारी पक्राउ परेका छन् । एलओडीका दुई सन्चालकलाई सरकारी वकिल कार्यालयले छाडेको केही दिनपछि काठमाडौं प्रहरी परिसरले कर्मचारीलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा म्यानेजर सहदेव सेढाई र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई पक्राउ गरेको जनाइएको छ । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले यसअघि सन्चालकहरु घटना भएको दिन क्लबमा नआएको र उनीहरु लगानीकर्ता मात्र भएकाले सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडेको बताउँदै प्रत्यक्ष संलग्न देखिएका कर्मचारीलाई नियन्त्रणमा लिइएको बताए ।
ती नाबालिग सानेपामा पुगेर बलात्कृत भएपछि प्रहरीले एलओडीले लापरबाही गरेको निष्कर्ष निकालेको थियो ।