सुनसरीको बराहक्षेत्रस्थित सप्तकोसी नदी किनारमा सप्तकोशी किनारमा युवतीहरूबीच कुटाकुट भएको छ।
सामाजिक सञ्जालमा भेटिएको भिडियो अनुसार तीन जना युवतीमाथि ५ जना युवतीले निर्घात कुटपिट गरेका छन् । उक्त कुटपिटमा संलग्न १९ वर्षीया प्रिति लिम्बुलाई आइतबार राति पक्राउ पक्राउ गरेको छ ।
सप्तकोसी किनारमा युवतीहरुको एक समूहले अर्को समूहमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएपछि घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवत्ता प्रहरी नायब उपरीक्षक राजकुमार राईकाअनुसार उक्त घटनामा संलग्न अरु चार जनाको खोजी भइरहेको छ । उनीहरु फरार छन् ।
१९ वर्षीया मनिषा राई, नाम नखुलेको १६ र १७ वर्षीया नाबालिगमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्नहरुले आफ्नो पोल अरु कसैलाई खोलिदिएको भन्दै मुक्का र लात्ती वर्षाएको देखिन्छ ।
आरोपित लिम्बुमाथि अभद्र व्यवहारको कसुरमा म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीमा लगिएको छ।