परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षीबीच भेटवार्ता-Sutra News

परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षीबीच भेटवार्ता

सोमबार, १ साउन २०८०

सोमबार, १ साउन २०८०

थाइल्याण्डमा पुगेका परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच साइडलाइन भेटवार्ता भएको छ ।



बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरूबीचको छलफलका क्रममा थाइल्याण्ड पुगेका उनीहरूबीच साइडलाइन भेटवार्ता भएको हो ।

भेटबारे भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै जानकारी दिएका हुन् । उनले आफूहरुबीच आ–आफ्नो नेतृत्वले तय गरेको एजेण्डा कार्यान्वयनमा सहकार्य गर्ने सहमति भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट