साउन एक, संयोग अनेक-Sutra News

साउन एक, संयोग अनेक

सोमबार, १ साउन २०८०

सोमबार, १ साउन २०८०

आज साउने सक्रान्ति । सूर्य मिथुनबाट कर्कट राशिमा प्रवेश गरेको दिनलाई साउने संक्रान्ति पर्वका रूपमा मनाइँदै आएको छ । यो दिनमा दान, पूजापाठ गर्ने हिन्दू परम्परा रहेको छ ।



माघ १ गतेदेखि उत्तरायण भएका सूर्य पनि आजकै दिनबाट दक्षिणायण लाग्ने ज्योतिषीय मत रहेको छ । ज्योतिषशास्त्रअनुसार दक्षिणायन र उत्तरायणको विशेष महत्त्व हुन्छ ।

साउन महिनालाई शिवजीको महिना पनि भनिन्छ । यो महिनामा शिवभक्तले व्रत बस्ने, उपासना गर्ने गर्छन् । यसैगरी महिलाले हरियो चुरा, हरियो पहिरन र हातमा मेहन्दी लगाउने गर्छन् ।

यसैगरी आजकै दिन लुतो फाल्ने चलन पनि हाम्रो समाजमा छ । बर्खाभरि रोपाइँ गर्दा हिलोले खुट्टा खानेलगायत छालासम्बन्धी रोग लाग्ने भएकाले लुतो फाल्दा निको हुने जनविश्वास छ ।

आज साउनको पहिलो सोमबार पनि हो। साउनका सोमबार विशेष मानिन्छन्। यस दिन औंसी पनि परेको छ। सोमबारे औंसीलाई धार्मिक दृष्टिकोणका हिसाबले महत्त्वपूर्ण मानिन्छ।

आजैदेखि नयाँ आर्थिक वर्ष २०८१/०८१ पनि लागू भएको छ । सरकारले जेठ १५ गते बजेटमार्फत प्रस्तुत गरेको विभिन्न कर, भ्याटलगायतका नयाँ व्यवस्था कार्यान्वयनमा आएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट