उत्तरपूर्वी चीनको गान्सु प्रान्तस्थित द्रुतमार्गमा आज बिहान पाँच वटा मोटरकार र तीन वटा ट्रक एकआपसमा ठोक्किँदा आठ जनाको मत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।
झाङ्गे शहरको सान्दन काउन्टीमा आज बिहान ११ बजे भएको उक्त दुर्घटनामा सबै ८ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रान्तीय आपत्कालीन कार्यालयले जनाएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उद्धारका काम पनि पूरा भएका छन् ।
विश्वका अन्य देशको तुलनामा अधिक सवारी दुर्घटना हुने र धेरैले ज्यान गुमाउने गरेकाले चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालीन महासचिव एवम् राष्ट्रपति हु जिन्ताओले आफ्नै कानुनी व्यवस्था भएका हङकङ र मकाउबाहेक मुख्यभूमिमा लागू हुनेगरी सन् २००४ मा सवारी दुर्घटना नियन्त्रणसम्बन्धी कानुनी घोषणा गरेका थिए । उक्त कानुनको अक्षरसः पालना नहुँदा चीनमाा सडक दुर्घटना बढेका बताइएको छ ।