नेपालको लगातार दोस्रो हार-Sutra News

नेपालको लगातार दोस्रो हार

सोमबार, १ साउन २०८०

सोमबार, १ साउन २०८०

आफ्नो ब्याटिङ कमजोरीलाई भारत ‘ए’ विरुद्धको खेलमा समेत दोहोर्‍याएपछि लगातार दोस्रो हार बेहोरेको छ । तीन दिनअघि र सोमबारको खेलमा नेपालको ब्याटिङमा उल्लेख्य भिन्नता देखिएन।



आजको खेलमा नेपाल ९ विकेटले पराजित भएको हो । योसँगै नेपाल प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ ।

नेपालले दिएको १६८ रनको लक्ष्य भारत ए ले २२ दशमलब १ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । भारत ए का लागि अभिषेक शर्माले ६९ बलमा १२ चौका र २ छक्काको सहयोगमा ८७ रनको अर्धशतकीय ईनिङ खेले । साई शुदर्शनले ५२ बलमा ८ चौका र १ छक्काको सहयोगमा अविजित ५८ रनको अर्धशतकीय ईनिङ खेले । धुव्र जुरेले १२ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २१ रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ३९ दशमलब २ ओभरमा १६७ रनमा अलआउट भएको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८५ बलमा ६५ रन बनाए । पौडेलले ७ चौका प्रहार गरेका थिए । गुलसन झाले ३० बलमा २ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट