‘जय हो’को पहिलो गीत रिलिज, अडियोभिडियो दुबैमा देखिएन दम, अन्य पक्ष पनि सामान्य-Sutra News

‘जय हो’को पहिलो गीत रिलिज, अडियोभिडियो दुबैमा देखिएन दम, अन्य पक्ष पनि सामान्य

मंगलबार, २ साउन २०८०

मंगलबार, २ साउन २०८०

‘जय हो’ सिनेमाको पहिलो गीत सार्वजनिक गरिएको छ।



शोभित बस्नेतको प्रस्तुति रहेको सिनेमाको सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका ‘जोमसोमको डाँडैमा हिँउ खेल्न जाने की’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा शम्भुजित बास्कोटाको शब्द तथा संगीत रहेको छ।

गीतमा सुरेश लामा र अस्मिता अधिकारीको युगल स्वर सुन्न सकिन्छ । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।
सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् ।

अडियो र भिडियोका हिसाबले गीत सामान्य छ, दर्शक श्रोतालाई प्रभावित गरिहाल्ने केही विशेष अनुभव गीत सुन्दा र हेर्दा लाग्दैन। कोरियोग्राफी र छायाँकन ठिकठाकमात्र छ।

टेक पौरखी राईको निर्देशन निर्माण भएको सिनेमामा प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

सिनेमामा सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, गौतम राज खड्काको सह-सम्पादन, समीर मियाँको भिएफएक्स र केबलमान सिङ बस्नेत प्रोडक्सन डिजाइनर रहेको सिनेमाका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् ।

मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा खिचिएको सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको सिनेमाका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् ।

सिनेमा भाद्र ८ अर्थात् अगष्ट २५ मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट