विगत १६ महिना देखि दर्शकलाई हँसाउदै आएको नेपालकै चर्चित हास्य कार्यक्रम ‘कमेडी विथ च्याम्पियन’को यो सिजन सकिएको छ।
छिट्टै नयाँ सिजन लिएर आउने जानकारी दिदैं कार्यक्रमका निर्देशक तथा संचालक विशाल भण्डारीले अहिलेको लागि भने सो स्थगित गरिएको जानकारी दिए। आफ्नो फेसवुकमार्फत उनले यसको जानकारी दिएका हुन् ।
उनले ६९ एपिसोडका कारण थकित टोलीलाई छोटो समय विश्राम दिन कार्यक्रम रोकिएको बताए।
‘६९ एपिसोडको यो यात्राले थकित हाम्रो टिमलाई केही समयको लागि छोटो ब्रेक लिन आवश्यक देखेर कमेडी विथ च्याम्पेनको टिम तपाईको टिभी स्क्रिनमा देखिने छैनौं’, फेसबुकमा उनले लेखेका छन्।
यस्तो छ उनको फेसबुक स्टाटसः
‘यो १६ महिनाको हाम्रो यात्रा निकै रोमांचक थियो । कतिपय एपिसोडमा हामी हसाउन सफल भयौं भने कतिमा भएनौ पनि तर दर्शकको मायामा कहिले कमी आएन । यही उर्जाले काम गर्दागर्दै सुरुवातको वर्ष नै वेस्ट पपुलर टिभी सो को अवार्ड जित्न पनि सफल भयौं । यसको श्रेय कलाकार, लेखक,क्रियटिभ टिम, प्रोडक्सन टिम , के ईन्टरटेग्मेन्ट टिम र मुख्य गरेर दर्शकको मायालाई जान्छ’, फेसबुक पोस्टमा उनले लेखेका छन्।
६९ एपिसोडको यो यात्राले थकित हाम्रो टिमलाई केही समयको लागि छोटो ब्रेक लिन आवश्यक देखेर कमेडी विथ च्याम्पेनको टिम तपाईको टिभी स्क्रिनमा देखिने छैनौं।
तर हामी चॉडै छोटो विश्राम पछि रिचार्ज भई सुरुवाती उर्जामै फर्केर यहाहरुलाई हाँसोको फोहरा छुटाउन अवश्य आउने छौं ।
तबसम्मलाई हाम्रो टीम कमेडी क्लब सिजन तीन लिएर चॉडै ऑउदै छौं। माया र साथ कायम रहोस् । हाँस्ने र हँसाउने क्रम जारी रहने छ ।
धन्यबाद।’