अभिनेत्री आँचल शर्मा ‘पञ्चामृत’को मुख्य अभिनेत्रीमा अनुबन्धित भएकी छन्। मंगलबार निर्माण टिम र अभिनेत्री शर्माबीच औपचारिक रुपमा कागजी सम्झौता भएको हो ।
सिनेमालाई मुस्कान ढकालले निर्देशन गर्नेछन्।
सिनेमामा अभिनेता सौगात मल्ल, धिरज मगर, उत्तम प्रधान, निरुता सिंह र विपना थापा यसअघि नै अनुबन्धित भैसकेका छन् ।
भदौबाट छायाँकनमा जाने सिनेमाको हाल प्रि-प्रोडक्सनको काम चलिरहेको छ।
सिनेमाका निर्देशकले यसअघि ‘नाई नभन्नू ल ३’ र सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मसथी सोही नामको सिनेमा निर्देशन गरिसकेका छन्।
डेढ दशकपछि उत्तम र निरुताको ‘दर्पण छायाँ’ जोडी ‘पञ्चामृत’मा एकसाथ सँगै आउन थालेका छन्।
विपना र उत्तम त एक दशकपछि नेपाली सिनेमामा फर्किएका हुन भने निरुताले कोरोना महामारी अघि मह जोडीको सिनेमा ‘दाल भात तरकारी’ काम गरेकी थिइन् ।