७ लाख सदस्य बनाउन कांग्रेसको एक वर्षे अभियान-Sutra News

७ लाख सदस्य बनाउन कांग्रेसको एक वर्षे अभियान

मंगलबार, २ साउन २०८०

मंगलबार, २ साउन २०८०

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबारबाट सुरु भएको छ ।



सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । पहिलो पटक फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरेर सुरु गरिएको बैठकमा महामन्त्री गगन थापाले ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाउने प्रस्ताव गरेका छन् ।

१ साउन २०८० देखि ३१ असार २०८१ सम्म एक वर्षे उक्त अभिभानले पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आवद्ध गर्न सकिने भन्दै उनले यस अभियान कम्तिमा पाँचदेखि सात लाख पार्टी सदस्य बनाउने उद्देश्यसाथ गरिने जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट