तीन दिनसम्म भारी वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्युनचापीय रेखा सरदर स्थानभन्दा तल रहेकाले भारी वर्षा नहुने देखिएको हो। मनसुनको न्युनचापीय रेखा दक्षिणतिर सरेकाले पानी कम पर्ने देखिएको हो।
मौसमको न्युनचापीय रेखा जति तल सर्दा पानी पर्ने सम्भावना कम रहन्छ भने माथी सर्दा धेरै पानी पर्नेगर्छ।
हाल न्युनचापीय रेखा सरदर स्थानभन्दा तल अर्थात् नेपालभन्दा केही टाढा छ। यसैले गर्दा भारी वर्षाको सम्भावना कम देखिएको हो। तर,
हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ पहाडी भू-भागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
राति कर्णाली र सुदूरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
महाशाखाले वर्षका कारण हुनसक्ने जोखिम तथा क्षतिबाट बँच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
हाल मौसमको अवस्था
हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
यस्तो छ ३ दिनको पूर्वानुमान मौसम विवरण
२०८० श्रावण ०३ गते (बुधबार)
दिउँसो: देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागका आंशिक देखी सामान्य बदली रहनेछ। कर्णाली र सुदुरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
२०८० श्रावण ०४ गते (बिहीबार)
दिउँसो: देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर आंशिक देखी सामान्य बदली रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भाग एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०८० श्रावण ०५ गते (शुक्रबार)
दिउँसो: देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर आंशिक देखी सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू-भाग एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कर्णाली र सुदुरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। तसर्थ हावा-हुरी, भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।