फ्यानले बिहेको बारेमा सोधेपछि यी अभिनेत्रीले भनिन्- म गर्भवती भइसकेकी छैन-Sutra News

फ्यानले बिहेको बारेमा सोधेपछि यी अभिनेत्रीले भनिन्- म गर्भवती भइसकेकी छैन

बुधबार, ३ साउन २०८०

बुधबार, ३ साउन २०८०

दक्षिण भारतीय सिनेमा हुँदै पछिल्लो समय बलिउडमा सक्रिय रहेकी अभिनेत्रीले हालै प्रसंशकले विवाहसम्बन्धी जिज्ञासा राखेपछि सोमा अनौठो उत्तर फर्काएकी छन्।



हालै उनले आफ्नो सामाजिक संजालमा ‘आस्क मि एनिथिङ’ अर्थात मलाई जे पनि सोध्नु भन्ने प्रश्नोत्तर चलाएकी थिइन्।

उनले इन्स्टाग्राममा आफ्ना प्रशंसकसँग उनीहरुका केही प्रश्नका जवाफ फर्काएकी थिइन्। यस्तैमा उनलाई एक प्रशंसकले उनको विवाहसम्बन्धी योजनाका बारेमा प्रश्न गरेका थिए।

सोको जवाफ उनले हास्दै ‘म गर्भवती भएकी छैन’ भनिन्। योसँगै उनले तत्कालका लागि त्यस्तो कुनै योजना नभएको र भएमा सबैलाई त्यस्को जानकारी दिने बताइन्।

केही समय अगाडि एक भारतीय संचारमाध्यमलाई दिएको अन्तरवार्तामा उनले आफूलाई बच्चाको चाहना भएपछि मात्र आफूले विवाह गर्ने बताएकी थिइन्।

उनले विवाह गरे पनि धेरै ठूलो नगर्ने र सो विवाहमा नजिकका साथी तथा परिवारमात्रलाई सामेल गराउने भनेकी थिइन्।

तप्सी म्ताथिस बोइसँग प्रेमसम्बन्धमा रहेकी छन्। हाल उनी शाहरूखसँग ‘डंकी’ सिनेमामा काम गरिरहेकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट