बलिउडको पहिलो ब्लकबस्टर जसले गरेको थियो लगानीको ५० गुना बढि कमाइ, बनाएको थियो यस्तो रेकर्ड-Sutra News

बलिउडको पहिलो ब्लकबस्टर जसले गरेको थियो लगानीको ५० गुना बढि कमाइ, बनाएको थियो यस्तो रेकर्ड

बुधबार, ३ साउन २०८०

बुधबार, ३ साउन २०८०

बलिउडमा ब्लकबस्टर सिनेमाको सूचि खासै धेरै छैन।



पछिल्लो समु यस्ता सिनेमाको बजेट पनि ठूलै हुने गर्छ। हालै शाहरूख खान अभिनित ‘पठान’ले हजार करोड भारु बढिको कमाइ गरेर रेकर्ड समेत बनायो। यस्तोमा तपाईंहरुलाई भारतको पहिलो ब्लकबस्टरको बारेमा भने जानकारी नहुन सक्छ।

२ लाख भारूकोमा तयार भएको सो सिनेमाले आफ्नो लगानीको झण्डै ५० गुना रकम कमाइ गरेको थियो। सिनेमाले तात्कालिन समयमा एक करोड भारू बढि रकम कमाउँदै बलिउडको पहिलो ब्लकबस्टर सिनेमा बन्न सफल भएको सिनेमा।

यो कमाइ सो सिनेमाले २० वा ३० साल पहिले नभइ ८० वर्ष अगाडि गरेको थियो।

सिनेमाले कमाइसँगै आफ्नो समयमा विभिन्न कीर्तिमानसमेत बनाउन सफल भएको थियो।

सन् १९४३ मा रिलिज भएको यो सिनेमाको नाम ‘किस्मत’ हो। सिनेमामा अशोक कुमार, मुमताज शान्ति। शाह नवाज तथा कानु रोय प्रमुख भूमिकामा थिए। सिनेमामा अशोककोले शेखर नामक पात्रमा अभिनय गरेका थिए भने रानीको भूमिकामा मुमताज, इन्सपेक्टरको भुमिकामा नवाज, मोहनको भूमिकामा कानुले अभिनय गरेका थिए।

भारतको पहिलो एन्टीहिरो सिनेमा मानिएको यो सिनेमा पहिलो पटक कुनै अविवाहित अभिनेत्रीलाई गर्भवती बनेको देखाइएको थियो। १ करोड भारु कमाइ गर्ने पहिलो सिनेमा बनेको ‘किस्मत’मा पहिलोपटक ‘लस्ट एण्ड फाउण्ड’ फर्मूलाको प्रयोग गरिएको थियो। यो सिनेमा मुम्बई स्थित रोक्सी थिएटरमा एकदमै धेरै चलेको थियो, जसका कारण पनि यो सिनेमालाई ब्लकबस्टर हुन धेरै सहयोग मिल्यो।

सिनेमा अभिनेता अशोक कुमार शेखर नामक पकेटमारको भूमिकामा हुन्छन्। यस्तैमा उनको भेट एउटा वृद्ध मानिससँग हुन्छ। त्यसपछि शेखरलाई उनकी छोरी ‘रानी’सँग प्रेम हुन्छ। रानी विकलांग हुन्छिन् र उनलाई शेखरले खुबै सहयोग गर्छन। पछि रानी अपाङ्ग हुनुमा शेखर आफै जिम्मेवार भएको रहस्य खुल्छ। त्यसपछि उनले आफ्नो पहिचान लुकाउँदै रानीलाई मद्त गरिराख्ने निर्णय गर्छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट