एसिसी इमर्जिङ टिम्स एसिया कप: युएई ‘ए’ विरुद्ध टस हारेर पहिले बलिङ गर्दै नेपाल-Sutra News

एसिसी इमर्जिङ टिम्स एसिया कप: युएई ‘ए’ विरुद्ध टस हारेर पहिले बलिङ गर्दै नेपाल

बुधबार, ३ साउन २०८०

बुधबार, ३ साउन २०८०

नेपाली राष्ट्रिय क्रिकेट टिमले एसिसी इमर्जिङ टिम्स कपको अन्तिम खेलमा युएई ‘ए’ विरुद्ध टस हारेर पहिले बलिङ गर्दैछ । युएईका कप्तान अली नासिरले टस जितेर पहिले ब्याटिङको निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्न लागेको हो ।



केही समयपछि पी सारा ओभल कोलोम्बोमा खेल सुरु हुँदैछ । खराब ब्याटिङका कारण सुरुवाती दुई खेल गुमाएको नेपाल अन्तिम खेलमा सान्त्वना जितका लागि मैदान उत्रिनेछ। युएई पनि सुरुवाती दुई खेल गुमाएकाले अन्तिम खेल जित्ने प्रयासमा रहेको छ ।

भारत र पाकिस्तान ‘ए’ सँग लगातार पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको नेपाल र युएई दुवै पहिलो जित निकाल्न काेसिस गर्नेछन् । एसिसी इमर्जिङकपमा नेपाले दुवै खेलमा २ सय रनको आँकडा पूरा गर्न सकेन ।

यद्यपि, युएईसँगको बलियो बिरासतलाई कायम राख्न नेपाल जित्नुपर्ने दबाबमा छ । पछिल्लो समय लगातर नेपालसँग पराजित हुँदै आएको युएई आफ्नो नेपालविरुद्धको खराब लयलाई अन्तगर्ने प्रयासमा रहेको छ ।

युएईले पनि जारी प्रतियोगितामा आफ्नो दोस्रो रोजाइका खेलाडी पठाएको छ ।

नेपालले भने केही नयाँ अनुहारसहित राष्ट्रिय टिमनै पठाएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ४ विकेट र दोस्रो खेलमा भारतसँग ९ विकेटले पराजित भएको थियो ।

युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो । युएई ‘ए’ टिम भएकाले दबाब मुक्त भएर मैदानमा उत्रिँदा नेपाली राष्ट्रिय टिमलाई भने जित्नैपर्ने दबाब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट