पर्खाल भत्किँदा ८ मजदुरको मृत्यु-Sutra News

पर्खाल भत्किँदा ८ मजदुरको मृत्यु

बुधबार, ३ साउन २०८०

बुधबार, ३ साउन २०८०

अविरल वर्षाका कारण पाकिस्तानको पूर्वीपञ्जाब प्रान्तको रावलपिन्डी सहरमा बुधबार बिहान निर्माणाधिन भूमिगत मार्गको पर्खाल भत्किँदा कम्तीमा ८ मजदुरको मृत्यु हुनको साथै ४ जना बेपत्ता भएका छन् ।



उद्धार सेवाका अधिकारीहरूका अनुसार रावलपिन्डीको गोलराह मोर क्षेत्रमा निर्माणाधिन भूमिगत मार्गको पर्खालमुनि सुतेका मजदुरमध्ये आठ जनाको शव भेटिएको र अन्य हराएका अन्य चार जनाको खोजी भइरहेको छ ।

दुर्घटनाको जानकारी पाउनेबित्तिकै उद्धारकर्मी घटनास्थलमा पुगेर भग्नावशेषबाट ८ जनाको शव निकालिएको थियो । मजदुरका शव परीक्षणका निम्ति स्थानीय अस्पतालमा लगिएको उद्धार सेवाका एक अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट