एउटा सिनेमा बाट नै ५० लाख माग गर्ने नायक अनमोल केसी यतिवेला सुस्ताएका छन् ।
‘छड्के २’ असफल भएयता थुप्रै सिनेमा साइन गरेको भए पनि फ्लोरमा भने कुनै पनि सिनेमा गएको छैन।
बाबुलाई विकास बोर्डको अध्यक्ष बनाउन चाहिने राजनीतिक लबीका लागि अभिनेत्री पूजा शर्मा काम आउने देखिएपछि उनी पूजासँग सिनेमा गर्न राजी भए। तर रात रहे अख्राख पलाए भनेझै बाबु बोर्ड अध्यक्ष भएपछि विभिन्न बाहानामा अनमोलले पूजाको सिनेमाबाट ब्याक भए।
पूजाको सिनेमाबाट ब्याक भएका अनमोल त्यसपछि हेमराज बिसीको निर्देशनमा बन्ने ‘जेरी- अन टप’ जोडिए। सिनेमाको वर्कसपमा पनि बसे
तर सिनेमाको बजेटले आकाश छुनेभएपछि सो सिनेमाको काम तत्कालका लागि स्थगीत भयो।
यो सिनेमा लगत्तै भुवन आफ्नो छोरालाई लिएर सिनेमा बनाउने तयारीमा थिए तर स्क्रिप्टको ठेगान नलागेपछि यो सिनेमा पनि कहिले फ्लोरमा जाने टुङ्गो छैन्। यसबिचमा उनले निर्माता रोहित अधिकारीको ‘फर्की फर्की’ सिनेमामा काम गर्ने समाचार सार्वजनिक भयो।
‘जेरी-अन टप’ को सुटिङ नहुनेभएपछि भदौबाट अनमोलले ‘फर्की फर्की’मा काम गर्ने र सो सिनेमा फागुन २५ मा रिलिज हुने खबर बाहिरिएको थियो। तर सिनेमा
यो मितिमा रिलिज नहुने खबर छ।
आजको मितिमा छैनन भनौ भने अनमोलको हातभरी सिनेमा छन् तर कुनै पनि अगाडि बढिरहेको छैन्। यस्तो किन भइरहेछ भन्ने धेरैको जिज्ञासा होला?
पख्नुस् हामी यो जिज्ञासा मेटाइदिन्छौं। उनी हाल ज्योतिषको शरणमा पुगेका छन्। उनले भर गरेका ज्योतिषले अनमोलका लागि यो वर्ष राम्रो छैन भनेका छन् रे।
त्यसैले कथमकदाचित सिनेमाको सुटिङ भएपनि अनमोलको सिनेमा यो वर्ष रिलिज नहुने पक्का जस्तै छ।
अब ज्योतिषको सल्लाहमा आफ्ना लागि यो वर्ष ठीक नभएको ठानेका अनमोलका लागि अर्को वर्ष फलिफाप सिद्ध होस भन्ने कामना गरौं। अरु त के गर्न सकिन्छ र?