नयाँ आर्थिक वर्ष लागेपछि नेप्से लगातार उकालो, आज कतिको कारोबार ?-Sutra News

नयाँ आर्थिक वर्ष लागेपछि नेप्से लगातार उकालो, आज कतिको कारोबार ?

बुधबार, ३ साउन २०८०

बुधबार, ३ साउन २०८०
nepse

सेयर बजारमा सकारात्मक माहोल जारी रहेको छ । बुधबार नेप्से सूचक ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा आएको छ । ३ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



विशेषगरी वाणिज्य बैंकहरुको सेयर भाउ बढेपछि यसले समग्र नेप्से सूचकलाई माथि लैजान सहयोग पुगेको हो । यसअघि बैंकहरू चलेकै थिएनन् । तर एक–दुईयता यस समूहमा पनि चमक देखिएको छ । अरु कपितय समूहरुमा करेक्सन भइरहँदा बैंकिङले बजारलाई तानिरहेको छ ।

अधिकांश बैंकहरुको सेयर भाउ अहिले पनि २०० रुपैयाँभन्दा तल छ । यसलाई तुलनात्मकरुपमा सुरक्षित क्षेत्र पनि मानिन्छ । यसअघि नबढेको, भाउ सस्तो अनि चौथो त्रैमासको रिपोर्ट पनि सकारात्मक आउन सक्ने अपेक्षामा लगानीकर्ता यसतर्फ लागेको अनुमान गरिएको छ ।

यस दिन २६० कम्पनीको ८६ लाख ७४ हजार कित्ता सेयर कारोबार भएको छ । २३ करोड ५७ लाख रुपैयाँसहित कारोबार रकममा युनाइटेड अजोड इन्स्योरेन्स अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एसिया बैंक र शिवम् सिमेन्ट्स परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट